अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका १५ नं. ले वडाका महिला समुहका पदाधिकारीहरुलाई वडा स्तरिय महिला समुहहरुको काम कर्तव्य र अधिकार सम्बन्धि अभिमुमुखिकरण तालिम तथा महिला समुहका भोगाईका बिषयमा अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ । उक्त कार्यक्रमको संयोजन वडा महिला सदस्य तथा वडा स्तरिय महिला समितिको संयोजक श्री निशा परियारको संयोजकत्व तथा वडा अध्यक्ष श्री सुरेश बहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा वडा सचिव श्री निरन श्रेष्ठ,वडा सदस्यहरु श्री शशिकला सुवेदी,श्री बैकुण्ठ राउत,श्री अनुप घिमिरे तथा वडाका कर्मचारी र महिला समुहका पदाधिकारीहरुको बाक्लो उपस्थिती थियो । तालिम पश्चात् सांस्कृतिक कार्यक्रम समेत गर्दै महिलाहरुको मनोबल बढाऊने कार्यमा वडाअध्यक्ष ज्यु ले दत्तचित्त भै पुरा समय दिनु भएको थियो । उक्त कार्यक्रम सन्तानेश्वरको काखमा नै रहेको पुर्णाज म्युजियम रिर्सोटमा भव्यताकासाथ सम्पन्न भयो ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ