बालकुमारी तनाव : प्रदर्शनमा दुईको मृत्यु

काठमाडौंमा, कोरिया जाने लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको परिणामका कारण ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको छ। प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले भीड नियन्त्रण गर्दै, गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने त्यसक्रममा भएको भागदौडमा अर्को जनाको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ।

विरेन्द्र शाह उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिएका हुन्। यसैगरी प्रदर्शनका क्रममा भएको भागदौडमा गम्भीर घाइते भएर किस्ट अस्पतालमा उपचारका लागि लगिएका सुजन राउतको मृत्यु जानकारी गरेका हुन्।

प्रदर्शनका दौरान युवा सडक अवरुद्ध पार्दै, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढेका बा २ झ ५८६१ नम्बरको जीपमा आगजनी गरेका छन्। मन्त्री ज्वाला र उनको सुरक्षार्थ रहेका दुई पिएसओलाई जीपबाट बाहिर निकालेर प्रदर्शनकारीले जीपमा आगो लगाएका थिए। १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवा अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो। पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए।

उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो। इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो। अदालत जाने बाहेकका परिक्षार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ