नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा प्राप्त भएकोछ। भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त निमन्त्रणाको पुष्टि गरेको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको जानकारी दिए। दुई देशबीचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यो भ्रमणको पहल गरिएको जनाइएको छ।
उक्त निमन्त्रणालाई नेपाल पक्षले स्वीकार गरिसकेको र भ्रमणलाई फलदायी तथा औपचारिक परिणाममुखी बनाउन प्राविधिक तथा राजनीतिक स्तरमा छलफल भइरहेको छ। भ्रमणका क्रममा पूर्वाधार विकास, ऊर्जा, व्यापार तथा साझा हितका नयाँ आयोजनाहरूबारे छलफल हुने अपेक्षा गरिएको छ।



