पुनः पक्राऊ परे रवि

संसदिय छानबिन समितिको प्रतिवेदनले स्पष्ट रुपमा रवि लामिछानेलाई दोषी भएको कानुन बमोजिम कारवाही गर्नु भनेपछी संसदीय छानबीन समितिबाट सहकारी बचत रकम अपचलनमा कारबाही सिफारिस भएका रवि लामिछानेलाई शुक्रबार साँझ उनकै पार्टी कार्यालयबाट पक्राउ गरिएको छ ।गोर्खा मिडिया नेटवर्कका तत्कालीन एमडीकै हैसियतमा रविले २३ करोड ७९ लाख ८९ हजार ७३१ रुपैयाँको चेक काटेको प्रमाण/प्रतिवेदन समितिले तयार पारेको छ ।यो रकम गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको ६५ करोड अन्तर्गतकै हो । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष अनि रवि लामिछाने एमडी हुँदा यो रकम खर्च भएको समितिको निष्कर्ष छ ।

टेलिभिजन प्रस्तोताका रुपमा पाएको समर्थनकै जगमा रवि छोटो अवधिमै राजनीतिमा सफल भए ,चर्को स्वरमा टेलिभिजनबाट उठाउने प्रश्नकै कारण ठूलो पंक्तिबीच उनी चिनिए । नत्र एकपटक देशको नागरिकता छोडेर अमेरिका गइसकेका मानिसले यो तहको राजनीतिक उचाइ पाउने कल्पना गर्न सकिँदैन । भुईँ मान्छेको मन जित्न सकेकै कारण रविले ठूलो समर्थन पाइरहे । कतिसम्म भने आफ्नै पूर्वसहकर्मीले आत्महत्या दुरुत्साहनको आरोप लगाउँदा पनि रविको पक्षमा नाराजुलुस भयो ।

पक्राऊ परेपछी , आमसाधरणलाई आफ्नो पक्राउविरुद्ध प्रतिवादमा उत्रन अपिल गरेका छन् । ऊनले,सामाजिक सञ्जालको स्टाटस र भिडियो सन्देश मार्फत् भनेका छन्, ‘राज्यले गरेको यो दादागिरीलाई डटेर सामनाका निम्ति आमनागरिकसँग अपिल गर्न चाहन्छु ।’

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ