कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका पुरुषको भयो सनाखत

काठमाडौँको कीर्तिपुर नगरपालिका–१ स्थित ट्याङ्लाफाँट (चाँदनी चोक) मा कारभित्र जलेर ज्यान गुमाएका पुरुषको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतक ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन्। स्थायी घर काठमाडौँको नरदेवी भएका श्रेष्ठ हाल कीर्तिपुरको ट्याङ्लाफाँटमै बस्दै आएका थिए। उनको सनाखत परिवारका सदस्यहरूले गरेका छन्।

मङ्गलबार बा ५ च ३०३८ नम्बरको सेतो रङ्गको किया कारमा अचानक आगलागी भएको थियो। प्रत्यक्षदर्शीका अनुसार चाँदनी चोक नजिकै गाडी रोकिनासाथ भित्रबाट सानो आगो सल्केको देखिएको थियो र हेर्दाहेर्दै आगो फैलिएको थियो। आगलागीपछि प्रहरी र स्थानीय टोलीले नियन्त्रणमा लिए पनि चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भइसकेको थियो।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगञ्ज) पठाएको छ। आगलागी हुनुको वास्तविक कारण (प्राविधिक खराबी वा अन्य कुनै कारण) अझै स्पष्ट भइनसकेकाले प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ