जापानमा जारी २० औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक हासिल गरेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमितेतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि ऐतिहासिक कास्य पदक दिलाएका हुन्।
जापानको तोयोहाशी जिम्नेजियममा सम्पन्न रिपिचेज खेलमा तेन्जिङले लाओसका खेलाडी सायासान भाथानालाई ९–१ को फराकिलो अंक अन्तरले पराजित गरेका थिए। उक्त प्रतिस्पर्धामा १ इप्पोनसहित कुल ९ स्कोर गर्दै उनले कास्य पदक निश्चित गरेका हुन्।
एसियाली खेलकुदको यस संस्करणमा नेपालको खातामा दर्ता भएको यो नै पहिलो पदक हो। तेन्जिङको यस सफलताले जारी प्रतियोगितामा नेपाली टोली र खेलकुद प्रशंसकहरूमा उत्साह थपिदिएको छ।




