नेपाल-भारत द्विपक्षीय सम्बन्ध अघि बढाउन न्युयोर्कमा खनाल-जयशंकर छलफल

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। सो अवसरमा दुवै मन्त्रीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष र आपसी हितका विषयमा गहन विचार आदानप्रदान भएको थियो। साथै, दुवै देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ