यूएईमाथि ४४ रनको सानदार जित: एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

एसीसी प्रिमियर कपको रोमान्चक फाइनल खेलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। मलेसियाको वायुमास ओभलमा भएको यो जितसँगै नेपालले आगामी एसिया कपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले १०६ बलमा १०२ रनको शतकीय पारि खेले। त्यस्तै गुल्शन झाले ५२ रन, अर्जुन कुमालले ४३ रन र कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए।  

३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट हुन पुग्यो। यूएईका लागि राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालका तर्फबाट बलिङमा करण केसीले ३ विकेट तथा ललित राजवंशीले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।  

यसअघि सन् २०२३ को एसीसी प्रिमियर कपको फाइनलमा पनि नेपालले यूएईलाई नै हराएर ऐतिहासिक रूपमा पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो। यो जितसँगै नेपालले लगातार दोस्रोपटक प्रिमियर कपको उपाधि उचाल्दै आफ्नो दबदबा कायम राखेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ