तीजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका भोलि बिहान ३ बजेदेखि नै खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार तीजमा आउने व्रतालु तथा दर्शनार्थीको भीडलाई ध्यानमा राख्दै सहज र सुरक्षित रूपमा दर्शनको व्यवस्था मिलाउन ढोका बिहानैदेखि खुला गर्न लागिएको हो।

दर्शनार्थीहरूलाई मन्दिर प्रवेशका लागि बाहिर ५ वटा र परिसरभित्र प्रवेश गरिसकेपछि ८ वटा लाइनको व्यवस्था गरिएको छ। तीजमा मुख्य रूपमा महिला दर्शनार्थीहरूको संख्या उल्लेख्य रहने भएकाले सुरक्षा र व्यवस्थापनका लागि थप महिला सुरक्षाकर्मी परिचालन गर्न सरकारसँग अनुरोध गरिएको कोषले जनाएको छ।

ट्राफिक तथा सवारी पार्किङ व्यवस्थापनका लागि विशिष्ट व्यक्तिका सवारी साधनहरू कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था गरिएको छ। अन्य सर्वसाधारण दर्शनार्थीहरूका सवारी साधनका लागि भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा तथा उमाकुण्ड क्षेत्रमा पार्किङस्थल निर्धारण गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ