मध्यपूर्वमा तनावबीच इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको शवलाई उनको गृहनगर मशहदमा रहेको इमाम रेजा मजारमा अन्त्येष्टि गरिएको छ। करिब ६ दिन लामो अन्तिम संस्कार प्रक्रियापछि उनलाई शुक्रबार कडा सुरक्षाका बीच गाडिएको हो। करिब ३७ वर्षसम्म इरानमा शासन गरेका खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी मृत्यु भएको थियो। युद्ध र विशेष परिस्थितिका कारण उनको मृत्युको झन्डै चार महिनापछि मात्र यो अन्तिम संस्कार सम्पन्न भएको हो

यो अन्त्येष्टि समारोह चलिरहँदा अमेरिका र इरानबीच फेरि तनाव चर्किएको छ। हर्मज जलडमरू मध्य (Strait of Hormuz) मा गैरसैनिक ट्याङ्करहरूमाथि भएको आक्रमणको जवाफमा अमेरिकाले दुई दिन लगातार हवाई आक्रमण गरेको थियो, जसमा १७ जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्। यसको बदलामा इरानले पनि कुवेत, बहराइन र कतारमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी अन्तरमहादेशीय मिसाइल र ड्रोन प्रहार गरेको छ

अन्त्येष्टि समारोहमा देशका शीर्ष नेताहरू, न्यायधीश र खामेनीका जेठा छोरा मोस्ताफा उपस्थित भए तापनि उनका दोस्रो छोरा तथा नयाँ सर्वोच्च नेता घोषित गरिएका मोझताबा खामेनी भने सार्वजनिक रूपमा देखिएनन्। गत फेब्रुअरीको सोही आक्रमणमा परी घाइते भएका मोझताबाले हालसम्म केवल लिखित विज्ञप्ति मार्फत मात्रै सञ्चार गरिरहेका छन्।

खामेनीको शवलाई इराकका पवित्र सहरहरू नजफ र कर्बला हुँदै इरानको मशहद पुर्‍याइँदा लाखौँको संख्यामा इरानी नागरिकहरू सडकमा उत्रिएका थिए। अन्तिम यात्राका क्रममा मानिसहरूले कालो कपडा लगाएर शोक मनाउनुका साथै अमेरिका र पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी गर्दै ब्यानरहरू प्रदर्शन गरेका थिए

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ