बेलायतको वायुसेना बेस घटना: इरानको संलग्नता रहेको बेलायती दाबी

ब्रिटेनका प्रधानमन्त्री एन्डी बर्नामले बेलायतस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको वायुसेना आधार शिविरमा भएको शंकास्पद घटनामा इरानको संलग्नता रहेको बलियो संकेत  भेटिएको बताएका छन्। दक्षिण-पश्चिम इङ्गल्याण्डमा रहेको आरएएफ फेयरफोर्ड  सैन्य बेस नजिकै भएको बमको त्रास र शंकास्पद गतिविधिबारे अनुसन्धान भइरहँदा बेलायती अधिकारीहरूबाट इरानतर्फ संकेत गरिएको यो पहिलो आधिकारिक भनाइ हो।

यो घटना आइतबार बिहान वायुसेना बेसतर्फ तीनवटा शंकास्पद सेतो भ्यानहरू अघि बढेपछि सुरु भएको थियो। प्रहरीले उक्त क्षेत्रबाट शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। यद्यपि, प्रहरीले घटनास्थलमा कुनै विष्फोटक पदार्थ फेला नपरेको जनाएको छ भने घटनाको वास्तविक प्रकृतिका विषयमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

लन्डनस्थित इरानी दूतावासले भने यी आरोप र शंकाहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको र यस्ता दाबीहरूको कडा भत्र्सना गर्ने स्पष्ट पारेको छ। बेलायती काउन्टर-टेररिजम (आतंकवाद विरोधी) प्रहरीले यस जटिल र संवेदनशील घटनाको गम्भीरताका साथ छानबिन जारी राखेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ