नेपाली कांग्रेसको १५औँ महाधिवेशन: गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा विजयी हुनुभएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार गगनकुमार थापाले ६ हजार ५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ। कुल ७ हजार ३९ मत खसेको यस निर्वाचनमा ५४ मत बदर भएको थियो।

शुक्रबार राति भएको वर्षाका कारण खुला मञ्चमा रहेका मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याउन केही समय प्रभावित भए पनि मौसममा सुधार आएपछि शनिबार बिहानैदेखि सभापति पदको मतगणना सम्पन्न गरिएको थियोनेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नयाँ कार्यसमितिको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा विजयी भएका छन्। कुल ७ हजार ३९ मत खसेको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गरी भारी मतान्तरले विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् भने यस निर्वाचनमा ५४ मत बदर भएको छ।

शुक्रबार राति भएको वर्षाका कारण खुला मञ्चमा रहेका मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याउन केही समय समस्या भए तापनि मौसममा सुधार आएसँगै निर्वाचन समितिले मतपेटिका सुरक्षित रूपमा संकलन गरी शनिबार बिहान १:०० बजेदेखि सभापति पदको मतगणना सम्पन्न गरेको थियो।

सभापति पदको मतगणना सकिएसँगै अब बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसो १ बजेपछि सुरु हुने भएको छ। निर्वाचन समिति सचिव राजु कटवालका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा उम्मेदवारहरूसँग छलफल गरेपछि अन्य पदाधिकारीको मतगणना अगाडि बढाइनेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ