नेता शेखर कोइराला र प्रचण्ड-माधवबीच समसामयिक राजनीतिबारे छलफल

नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग विशेष भेटवार्ता गरेका छन्। यो भेटघाट आज बिहान विराटनगरस्थित कोइराला निवासमा भएको हो। नेताहरू कोइराला निवासमै पुगेर उनीसँग संवाद गरेको जानकारी शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएका छन्।

कम्युनिस्ट पार्टीका शीर्ष दुई नेता र कांग्रेस नेता कोइरालाबिचको यो बैठकमा मुलुकको पछिल्लो तथा समसामयिक राजनीतिक विषयहरू, दलीय समीकरण र आपसी सहकार्यका बारेमा कुराकानी भएको बताइएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ