ट्रम्पको निर्देशन: दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास उल्लेख्य रूपमा घटाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई “उल्लेख्य रूपमा घटाउन” पेन्टागनलाई निर्देशन दिएका छन्। दक्षिण कोरियाले इरान विरुद्धको युद्ध र “परमाणु निशस्त्रीकरण” अभियानमा अमेरिकालाई साथ दिन अस्वीकार गरेपछि ट्रम्पले यो कदम चालेको बताएका छन्।

 ट्रम्पले आफ्ना सामाजिक सञ्जाल ट्रुथ सोसियलमा उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो “निकै राम्रो सम्बन्ध” रहेको र यो अभ्यासले उत्तर कोरियाप्रति गलत तथा शत्रुतापूर्ण सन्देश पठाउने उल्लेख गरेका छन्। साथै, यस्ता अभ्यासहरू अत्यन्तै खर्चिला हुने र त्यसको ठूलो भार अमेरिकाले नै व्यहोर्नु परेको भन्दै असन्तुष्टि जनाएका छन्।  

वार्षिक रूपमा सञ्चालन हुने ‘उल्छी फ्रिडम सिल्ड’ सैन्य अभ्यास सोमबारदेखि सुरु हुने तालिका रहेकाले यसलाई पूर्ण रूपमा रद्द गर्न ढिला भइसकेको ट्रम्पको भनाइ छ। यता दक्षिण कोरियाले भने अमेरिकासँगको पूर्वनिर्धारित सैन्य अभ्यास तालिका अनुसार नै अघि बढ्ने जनाएको छ।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ