सरकारको १०० दिनको अवसरमा देशवासीलाई सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनको अवसरमा देशवासीलाई सम्बोधन,

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने हनिमुन अवधिमा लक्ष्यअनुसार ७० प्रतिशत काम गर्न सकेको दाबी गरेका छन् ।

१०० दिन अवधिको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सरकार आफंैले तय गरेको लक्ष्यमध्ये ७० प्रतिशत पूरा गर्न सकेको बताएका हुन् ।

हिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ’, प्रधानमन्त्री ओलीले भने ।

सम्बोधनको सुरुमै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले नयाँ परियोजना भन्दा पनि थालेका कामहरु अघि बढाउने प्रतिबद्धता गरेको सम्झाएका थिए । ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो’, प्रधानमन्त्रीले भने ।

यसरी पहिलेबाटै चलिरहेको कामहरु निर्धारित समयमा सक्नेगरी तोकिएको लक्ष्य समेत शतप्रतिशत कार्यान्वयन हुन नसकेको प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमै स्वीकारेका छन् । तर सरकार आफैंले तोकेको लक्ष्यसमेत पूरा हुन नसक्नुको दोष भने अरुलाई लगाइएका छन् ।

सरकारले लक्ष्य बमोजिम काम गर्न नसक्नुको पहिलो कारण तुलनात्मक तर्कसंगत देखिन्छ । किनकि प्राकृतिक प्रकोपजन्य घटनालाई सरकारले प्रगतिको बाधक मानेको छ । आफूले सत्ताको नेतृत्व लिनासाथ एकपछि अर्को प्रकोप निम्तिएकाले पूर्वनिर्धारित लक्ष्य प्रभावित बन्न पुगेको प्रधानमन्त्रीले सुनाए ।

प्रस्तुत विवरण अनुसार, मुग्लिन नारायणगढ सडकको सिमलतालमा तीर्थयात्री बोकेको बस यात्रुसहित बेपत्ता, सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना, भारतीय पर्यटक बस दुर्घटना र असोज पहिलो साता अकल्पनीय बाढी पहिरोबाट ठूलो क्षति ब्यहोर्नुपरेको छ ।

यी प्रकोपजन्य घटनाहरुले समेत पूर्वनिर्धारित सरकारी लक्ष्य प्रभावित बनेको प्रष्टोक्ति दिइएको छ ।

३९१ जनाको ज्यान लिने गरी गएको बाढी पहिरोको संकटका कारण मुलुकमा नयाँ समस्या थपिएकाले नागरिकलाई आशा दिलाउने काम प्रभावित बनेको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले यसपालिको बाढी पहिरो मात्र नभएर जाजरकोट भूकम्पका पीडितहरुको समस्या समेत समाधान गर्नुपर्ने परिस्थितिले अपेक्षित काम हुन नसकेको तर्क गरेका छन् ।

सरकार आफैंले तोकेको लक्ष्य पूरा हुन नसक्नुको दोस्रो कारण भने राजनीतिक रहेको प्रधानमन्त्रीको तर्क छ । सय दिन अवधिमा सरकारले गरेको केही नियमित र खुद्रे प्रगति विवरण सुनाएपछि प्रधानमन्त्री ओलीले राजनीतिक समस्या राखे ।

तीन हजार १५९ शब्दको लिखित सम्बोधनमा, सय दिन सकियो, र अर्को सय दिन सुरु हुने जानकारी दिए । 

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ