नेपाल राष्ट्र बैंकद्वारा भारु २०० र ५०० नोट सटहीको नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ २०० र ५०० दरका नोटहरूको सटही सुविधा उपलब्ध गराउने भएको छ। यसअघि सरकारले गत मंसीरमा नै प्रतिव्यक्ति २५ हजारसम्म भारतीय रुपैयाँ बोक्न पाउने व्यवस्था गरे तापनि राष्ट्र बैंकले औपचारिक रूपमा सटही सुविधा दिएको थिएन।

पछिल्लो समय नेपालमा भारतीय पर्यटकहरूको आगमन बढेसँगै यी दरका नोटहरूको प्रयोग र खपत उल्लेख्य रूपमा वृद्धि भएको छ। बजारमा यी नोटहरूको सहज प्रयोग र आवश्यकतालाई ध्यानमा राख्दै राष्ट्र बैंकले भारतीय केन्द्रीय बैंकसँगको छलफल र समन्वयपछि यो सटही सुविधा सुरु गर्ने निर्णय गरेको हो। नेपाली वा भारतीय नागरिकले नोभेम्बर ९, २०१६ पछि जारी भएका २०० र ५०० दरका नोटहरू प्रतिव्यक्ति २५ हजार भारतीय रूपैयाँसम्म नेपाल ल्याउन, लैजान र सटही गर्न पाउनेछन्।

नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर बराबरको भारतीय रूपैयाँ भन्सार घोषणा  नगरीकन ल्याउन पाउने व्यवस्था छ। यद्यपि राष्ट्र बैंकले पुराना १,००० र २,००० दरका भारतीय नोटहरूको कारोबार र प्रयोगमा लगाइएको प्रतिबन्ध भने यथावत् नै राखिएको स्पष्ट पारेको छ। यी दरका नोटहरूको नेपालमा प्रयोग वा कारोबार गर्न पाइने छैन।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ