नेपाल आयल निगमको विज्ञप्ति र हटलाइन सेवा

नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँस नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ। बजारमा ग्याँसको अभाव रहेको भन्दै गुनासो आउन थालेपछि निगमले विज्ञप्ति जारी गर्दै कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको हो।

३१ असार २०८३ को निर्णयअनुसार १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था लागू गरिएको उल्लेख गर्दै दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको निगमले जनाएको छ। यद्यपि, विभिन्न सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि निगमले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको हो।

यसैबिच, काठमाडौँ उपत्यकामा ग्याँसको माग र आपूर्तिलाई थप सहज बनाउन निगमले आफ्नो टेकुस्थित कार्यालयबाट समेत बिहान ११:०० देखि बेलुका ५:०० बजेसम्म उद्योगहरू मार्फत सोझै ग्याँस बिक्री वितरणको व्यवस्था मिलाएको छ।

टेकु कार्यालयबाट नेपाल ग्याँस, एचपी ग्याँस, एभरेस्ट ग्याँस, सुगम ग्याँस र श्रीराम ग्याँस बिक्री वितरण हुनेछ। साथै, निगमले आम उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न र आवश्यकता अनुसार मात्र ग्याँस खरिद गर्नसमेत पुनः आग्रह गरेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ