चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत प्रस्थान, मोदीसँग द्विपक्षीय वार्ताको तयारी

चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शनिबार नयाँ दिल्ली पुगेका छन्। सन् २०१९ पछिको सात वर्षको अवधिमा राष्ट्रपति सीको यो पहिलो भारत भ्रमण हो।  

चिनियाँ राष्ट्रपति सीको भ्रमण दलमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका स्थायी समिति सदस्य काई ची र विदेशमन्त्री वाङ यीसहित ६७ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल र व्यापारिक टोली सहभागी छ। नयाँ दिल्लीको पालम विमानस्थलमा उनलाई रातो कार्पेटसहित भारतीय अधिकारीहरूले भव्य स्वागत गरेका छन्।  

ब्रिक्स सम्मेलनको क्रममा राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता तय भएको छ। भेटमा सन् २०२० को गलवान घाँटीको सैन्य तनावपछिको सीमा व्यवस्थापन, द्विपक्षीय व्यापारमा सुधार, आपूर्ति शृङ्खला र क्षेत्रिय सुरक्षाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ।

विगत केही वर्षयता सीमा विवादका कारण दुई देशबीच तनावपूर्ण सम्बन्ध रहे पनि पछिल्ला उच्चस्तरीय कूटनीतिक प्रयासहरूले सम्बन्धलाई पुनः सहजीकरणतर्फ लगेका छन्। चिनियाँ विदेश मन्त्रालयले यस वार्तालाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट अघि बढ्दै आपसी मतभेद सुल्झाउने अवसरका रूपमा व्याख्या गरेको छ।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ