गभर्नर पौडेलको हस्ताक्षरसहित आजदेखि बजारमा आयो ५०० को नयाँ नोट

नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय रुपैयाँ दरका नयाँ नोटहरू बजारमा पठाएको छ। यी नयाँ नोटहरूमा वर्तमान गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत (हस्ताक्षर) रहेको छ। राष्ट्र बैंकका अनुसार यी नोटहरूको संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म रहेको छ। नेपाली नोटको नम्बरिङ प्रणालीमा क, ख, ग गर्दै संकेत अक्षरहरू अगाडि बढ्ने गर्छन्। यसपटक झ, ञ, रट संकेतहरू प्रयोग गरिएका छन्।

प्रत्येक संकेत अक्षरभित्र ०००००१ देखि ९९९९९९ सम्म अर्थात् ९ लाख ९९ हजार ९९९ थान (करिब १० लाख) नोटहरू छापिन्छन्। यस हिसाबले राष्ट्र बैंकले यसपटक कुल ३० लाख थान नयाँ पाँच सयका नोटहरू बजारमा ल्याएको हो। यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गते ५०० रुपैयाँ दरका (२०२० सिरिज) २ लाख ४८ हजार थान नोटहरू चलनचल्तीमा ल्याएको थियो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ