अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ। जिल्ला अदालत र उच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनलाई भीमदत्त नगरपालिका–१८, कटानस्थित आफ्नै निवास नजिकबाट नियन्त्रणमा लिएको हो।

यो मामला वि.सं. २०७५ सालमा कञ्चनपुरमा भएको बहुचर्चित निर्मला पन्त बलात्कार तथा हत्याप्रकरणसँग जोडिएको छ। पत्रकार भण्डारीले आफ्नो पत्रिका ‘मानसखण्ड दैनिक’ र सामाजिक सञ्जालमा उक्त घटनासँग जोडेर भ्रमपूर्ण र तथ्यहीन समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्टका छोरा किरण विष्टले उनीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए। सोही मुद्दामा सुनुवाइ गर्दै कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गर्दै १ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र १ लाख रुपैयाँक्षतिपूर्ति तिराउने फैसला सुनाएको थियो।  

जिल्ला अदालतको उक्त फैसलाविरुद्ध भण्डारीले पुनरावेदन गरेका थिए। तर, उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले गत अप्रिल ५, २०२६ मा उक्त फैसलालाई सदर गर्दै थप सजाय समेत तोकेको थियो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ