काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पोखरा विमानस्थल निर्माणका अनियमितता गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलाइएको हो।
पोखरा विमानस्थल निर्माणका क्रममा चिनियाँ ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर राज्यलाई अर्बौंको नोक्सानी पुर्याएको अभियोगमा अख्तियारले यो कदम चालेको हो। आजको मुद्दा भने विशेषगरी “कर छुट” सँग सम्बन्धित छ र यसमा कार्कीसहितका उच्च पदस्थ अधिकारीहरू तानिएका हुन्।


