अमेरिकाद्वारा नेपाललाई संविधान दिवसको शुभकामना  

संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमार्फत नेपाली जनतालाई बधाई तथा शुभकामना सन्देश प्रदान गरिएको हो।  

विज्ञप्तिमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको करिब आठ दशक (८० वर्ष) पूरा भएको स्मरण गराइएको छ। आगामी वर्षहरूमा व्यापार वृद्धि, नवप्रवर्तन र लगानीका क्षेत्रहरू मार्फत दुई देशबीचको साझेदारीलाई अझ मजबुत बनाउन अमेरिका तत्पर रहेको कुरा उल्लेख गरिएको छ।  

यसैगरी, हालै भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोका कारण ज्यान गुमाएकाहरूप्रति अमेरिकाले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। विपद्‌बाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्दै अमेरिकाले हाल जारी खोज, उद्धार तथा पुनःस्थापनाका प्रयासहरूमा सहयोग गर्न प्रतिबद्धता समेत जनाएको छ।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ