३३औँ प्रधानन्यायाधीशको यात्रा: डा. मनोज कुमार शर्माको नाम अनुमोदनका लागि सिफारिस

काठमाडौँ, वैशाख २५ – संवैधानिक परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्मालाई नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अवकाशपछि रिक्त रहेको उक्त पदमा परिषद्ले वरीयता क्रममा चौथो नम्बरमा रहेका शर्मालाई रोजेको हो। नेपालको न्यायिक इतिहासमा वरीयता क्रममा अगाडि रहेका न्यायाधीशहरूलाई पन्छाएर चौथो स्थानका न्यायाधीशलाई सिफारिस गरिएको यो सम्भवतः पहिलो पटक हो। यसअघि कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल वरीयतामा शर्माभन्दा अगाडि हुनुहुन्थ्यो।

संवैधानिक प्रावधान अनुसार, अब शर्माको नाम संसदीय सुनुवाइ समितिमा जानेछ। समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानन्यायाधीशको पदमा औपचारिक रूपमा नियुक्त गर्नुहुनेछ। यदि नियुक्त भएमा शर्माले ६ वर्षको लामो कार्यकाल सम्हाल्नुहुनेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ

२९ औँ गणेशमान स्मृति दिवस: शोभा भगवतीस्थित सालिकमा माल्यार्पण गरी भावपूर्ण श्रद्धाञ्जली