नेपालका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ कम्युनिस्ट नेता झलनाथ खनाल साताव्यापी (एक हप्ताको) औपचारिक भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गर्नुभएको छ। उहाँ जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ लाग्नुभएको हो।
भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्चस्तरीय नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उहाँको सचिवालयका अनुसार सो क्रममा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मैत्री र विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने विषयमा गहन छलफल हुनेछ।



