ग्वाञ्जाओमा हुने कार्यक्रममा भाग लिन प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चाइना ल सोसाइटीको आयोजनामा चीनको ग्वाङ्झाउमा हुन गइरहेको ‘चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन (२०२६)’ कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्।  

प्रधानन्यायाधीश शर्मा चाइना साउदर्न एयरलाइन्सको विमानमार्फत ग्वाङ्झाउतर्फ प्रस्थान गरेका हुन्। उनको यो भ्रमण टोलीमा धर्मपत्नी उमा शर्मा तथा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल र उप-रजिस्ट्रार राजेन्द्र पौडेल सहभागी रहेका छन्।  

अन्तर्राष्ट्रिय कानुनी सहकार्यका विषयमा आयोजना हुने उक्त कार्यक्रममा सहभागिता जनाएपछि प्रधानन्यायाधीशको टोली असोज ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ

२९ औँ गणेशमान स्मृति दिवस: शोभा भगवतीस्थित सालिकमा माल्यार्पण गरी भावपूर्ण श्रद्धाञ्जली