एक मुट्ठी बादल को जय नेपाल हलमा विशेष प्रदर्शनी

काठमाडौँ: गौँथली इन्टरटेनमेन्ट र माना प्रोडक्सनको संयुक्त प्रस्तुतिमा बनेको बहुप्रतिक्षित नेपाली चलचित्र एक मुट्ठी बादल’ को हिजो काठमाडौँको जय नेपाल सिनेमा हलमा भव्य विशेष प्रदर्शनी  सम्पन्न भएको छ।

जेठ १ गते बाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई सहारा शर्माले लेखन तथा निर्देशन गरेकी हुन्। चलचित्र एक मुट्ठी बादल को विशेष प्रदर्शनीमा मुलुकका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको छ। काठमाडौँको जय नेपाल सिनेमा हलमा आयोजित विशेष शोमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले चलचित्रको अवलोकन गर्नुभएको छ।आजको विशेष प्रदर्शनीमा चलचित्रकर्मी, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। यो एक पारिवारिक ड्रामा हो जसले एउटै घरका तीन पुस्ताबीचको भावनात्मक सम्बन्ध र समाजमा आएको परिवर्तनलाई चित्रण गर्दछ।

चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, सहयोग अधिकारी, शेखर चापागाईँ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। विशेषगरी तीन दशकपछि पर्दामा फर्किएकी वरिष्ठ अभिनेत्री निशा शर्माको अभिनयलाई निकै चासोका साथ हेरिएको छ। विशेष प्रदर्शनीपछि दर्शक र समीक्षकहरूले चलचित्रको पटकथा, छायांकन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्। फिल्म समीक्षकहरूका अनुसार ‘एक मुट्ठी बादल’ हेर्नु भनेको हलमा बसेर एउटा सुन्दर चित्रकला प्रदर्शनी अवलोकन गर्नु जस्तै हो, जहाँ हरेक दृश्य आफैँमा एउटा जीवन्त पेन्टिङ लाग्छ।” चलचित्र आगामी शुक्रबारदेखि नेपालभरका हलहरूमा प्रदर्शन हुँदैछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ