आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‍बाट पारित, आजै राष्ट्रपतिले बाचन गर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ। सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्बाट पारित भएको उक्त नीति तथा कार्यक्रम आजै अपराह्न ४ बजे संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा प्रस्तुत गरिने तालिका रहेको छ। नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले उक्त बैठकलाई सम्बोधन गर्दै सरकारको कार्ययोजना सार्वजनिक गर्नुहुनेछ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, मन्त्रिपरिषद्ले राष्ट्रपतिको सम्बोधनलाई समेत स्वीकृत गरिसकेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आगामी दिनहरूमा त्यसमाथि संसदमा विस्तृत छलफल हुनेछ। सांसदहरूले उठाएका प्रश्न र सुझावका आधारमा यसलाई निर्णयार्थ प्रस्तुत गरिने र पारित भएपछि आगामी जेठ १५ गते बजेट ल्याउने बाटो खुल्नेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ