अस्ट्रेलियाको कडा नीति: अब विदेशी विद्यार्थीले परिवार लैजान नपाउने

अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले नेसनल प्रेस क्लबमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अध्ययनका क्रममा आफ्ना श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका आश्रित सन्तान लैजान पाउने व्यवस्था बन्द गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। हालसम्म विद्यार्थीका परिवारका सदस्यले पनि निश्चित समय काम गर्न पाउने सुविधा थियो।  

अस्थायी भिसामा अस्ट्रेलिया पुगेर एउटा भिसा सकिएपछि अर्को भिसामा परिवर्तन गर्दै लामो समय बस्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नियम कडा बनाइने भएको छ। विद्यार्थीहरूले आफूले पढिरहेको तहभन्दा माथिल्लो तह (जस्तै: ब्याचलर्सबाट मास्टर्स) मा भर्ना भएर मात्र भिसा थप्न पाउनेछन्।  

सरकारले सन् २०२८ सम्ममा खुद वैदेशिक आप्रवासनलाई घटाएर वार्षिक २ लाख २५ हजारमा सीमित गर्ने लक्ष्य राखेको छ। कोभिडपछि तीव्र रूपमा बढेको आप्रवासी संख्याका कारण आवास र सार्वजनिक पूर्वाधारमा दबाब परेकाले सरकारले यो कदम चालेको हो।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ