
राष्ट्रिय जनसांस्कृतिक महासङ्ह नेपाल चन्द्रागिरी नगरकमिटीको दोस्रोअधिबेशन भब्यरुपले सम्पन्नभएको छ।उद्घाटन सत्रमा बोल्दैप्रमुखअतिथि बसन्तकुमार खत्रीले कलाकारहरुको शुद्धयोगदान र मेहेनतलेनै नेकपाएमाले यहाँसम्म आएको तर बिगत केही बर्षअघिदेखी पार्टीका केही झोले प्रबिधिका नेता तथा कार्यकर्ताहरु मैखाउंमैलाउं मै मात्र सर्बेसवाहुं भन्नेर आफू पनि हार्ने सिङो पार्टी पनि हराउने र अझै फेरि आफै मैगर्छु मैबस्छु भन्नेघ मण्डका कारण नेकपा एमाले काठमाडौ भरिनै नराम्ररी खस्कने क्रममा रहेको बताउनु भयो एमाले भन्नुनै जनसंगठन भएको र जनसङ्हठन लाईपाखा लगाउंदै हिंडेका नेता नसच्चिए एमालेकाठमाडौबाटै बडारिने निश्चिति भएको भबिस्यबाणी गरेका छन
कार्यक्रमका सभापति समेत रहेका भिमसेन गिरिले जति काम गरेनी पार्टी ले मुल्यांकन नगर्ने हो र बेवास्ता गर्ने हो भने बैधानिक रूपमा नै जन संगठन नराख्न समेत नेताहरूलाई सुझाव दिनु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथी नेकपा एमाले चन्द्रागिरी नगर कमिटी अध्यक्ष क. उत्तम बहादुर राउत ले कलाकार हरुलाई शुभकामना दिदै अब कला संस्कृति र कलाकार हरुको उत्थान नै पहिलो प्रथमिकता राखेको बताउंदै नाआंत्तिकन अघि बडन आबस्यक अनुसार सबै बेबस्था मिलाउने बाचा सहित कलाकारहरु लाई प्रोत्साहन दिनुभयो ।
कार्यक्रममा रास्ट्रीय जनसांस्कृतिक महासङ जिला समिति उपाध्यक्ष दिवाकर आचार्य द्वारा रचीत गित बाट नै चन्द्रागिरी का कलाकार हरुले पाहुना लाई स्वागत गरेका थिए ।




