प्रधानमन्त्री शाह र कार्यवाहक अमेरिकी राजदूतबिच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटका क्रममा विपद्को कठिन परिस्थितिमा अमेरिकी सरकारबाट प्राप्त ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गरियो। बाढी तथा पहिरोजस्ता जलवायुजन्य विपद्को असर सम्बोधन गर्न र जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य एवं सामूहिक प्रयासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

नेपालको पर्यटन क्षेत्रमा रहेका सम्भावना र विकासमार्फत दुवै देशले हासिल गर्न सक्ने पारस्परिक लाभबारे चर्चा गरियो। साथै, नेपालमा अमेरिकी लगानीलाई सधैँ स्वागत गरिने विषय समेटिएको छ।

कार्यवाहक राजदूत बोल्डिनले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरिन्। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा अमेरिकी सरकारको पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाएकी छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ