जर्मनीमा दक्षिणपन्थी र वामपन्थीको वर्चस्व: चान्सलर मर्जमाथि दबाब, तर पदमा निरन्तर रहने घोषणा

 जर्मन चान्सलर फ्रिड्रिक मर्जले हालै सम्पन्न प्रान्तीय (राज्य) चुनावमा आफ्नो दल क्रिस्चियन डेमोक्रेटिक युनियनले व्यहोरेको हारलाई विपत्तिको संज्ञा दिएका छन्। विशेष गरी मेकलेनबर्ग-भोर्पोमेर्न राज्यमा पार्टीले संसदमा पुग्न आवश्यक ५ प्रतिशतको थ्रेसहोल्ड समेत कटाउन नसकेपछि उनीमाथि तीव्र आलोचना भइरहेको छ।  

 उक्त प्रान्तीय चुनावमा उग्र-दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनीले सबैभन्दा धेरै मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यस्तै, राजधानी बर्लिनको प्रान्तीय चुनावमा पनि मर्जको पार्टी दोस्रो स्थानमा खुम्चिएको छ भने वामपन्थी दलहरूले अग्रता लिएका छन्।  

 पार्टीभित्रै र बाहिरबाट नेतृत्व छाड्न दबाब बढे तापनि मर्जले चान्सलर र पार्टी प्रमुखको पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। देशलाई अगाडि बढाउन आर्थिक, कर र सामाजिक कल्याण क्षेत्रमा आवश्यक सुधारका कदमहरूलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाएका छन्।  

 प्रान्तीय चुनावको यो नतिजाले जर्मनीको केन्द्रीय राजनीतिमा थप अस्थिरता र अन्योल सिर्जना गरेको छ। मर्जको कार्यशैली र खस्किँदो लोकप्रियताका कारण पार्टीभित्रै नेतृत्व परिवर्तनको चर्चा सुरु भए तापनि उनले आफू पछि नहट्ने अडान राखेका छन्।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ