नेपाली कांग्रेसका नेताहरूले भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग औपचारिक भेटवार्ता गरेका छन्। उक्त भेटमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य सन्दीप राना, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर र लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी सहभागी हुनुहुन्थ्यो।
भेटवार्तापछि मुख्यमन्त्री फडणवीसले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिरहरू सार्वजनिक गर्दै नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री फडणवीसका अनुसार भारत र नेपालबीच साझा इतिहास, संस्कृति र पारस्परिक विश्वासमा आधारित गहिरो मित्रता रहेको छ। भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र दुवै राष्ट्रको साझा प्रगति तथा समृद्धिका लागि सहयोग तथा सहकार्य विस्तार गर्ने सम्भावनाहरूबारे फलदायी छलफल भएको थियो।



