कप्तानगञ्ज घटनाका अर्का घाइतेको पनि मृत्यु: मृतकको सङ्ख्या ३ पुग्यो

सुनसरीको कप्तानगञ्जमा भएको दुई समुदायबिचको झडपमा घाइते भएका अर्का एक युवाको पनि उपचारका क्रममा मृत्यु भएको छ। योसँगै उक्त घटनामा ज्यान गुमाउनेको कुल सङ्ख्या ३ पुगेको छ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार झडपमा गम्भीर घाइते भएका २२वर्षीय रवीन्द्र मेहताको त्रिवि शिक्षण अस्पताल (टीयू टिचिङ) मा उपचारकै क्रममा मृत्यु भएको हो।

यसअघि हिन्दु र मुस्लिम दुई पक्षबिच भएको विवाद र झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर सोही स्थानका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको थियो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ