कोप-३१ मा बालेनलाई टर्कीएका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौँसंयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाएका छन्।

बुधवार सिंहदरबारमा आयोजित राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले उक्त निमन्त्रणबारे जानकारी दिएका हुन्। सहसचिव ढकालका अनुसार टर्किएका राष्ट्रपतिबाट प्राप्त निमन्त्रणा पत्र परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ।

आगामी कोप–३१ सम्मेलन सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्किएको अन्ताल्यामा आयोजना हुँदैछ। सम्मेलनमा नेपालको प्रतिनिधित्व कुन तहबाट हुने र कति सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भन्नेबारे मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले यसपटकको जलवायु सम्मेलनमा पर्वतीय क्षेत्रका मुद्दा, जलवायु न्याय, र हानि–नोक्सानीको क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ

२९ औँ गणेशमान स्मृति दिवस: शोभा भगवतीस्थित सालिकमा माल्यार्पण गरी भावपूर्ण श्रद्धाञ्जली