बहराइनलाई ८७ रनमै रोक्दै नेपालको शानदार जित, प्रिमियर कपमा विजयी सुरुआत

मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले हराउँदै प्रतियोगितामा विजयी यात्रा प्रारम्भ गरेको छ। वाइएसडी युकेएम ओभल मैदानमा भएको खेलमा बहराइनले प्रस्तुत गरेको ८८ रनको सहज लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन नेपाली बलरहरू सामु निरिह बन्यो। बहराइन ३६.२ ओभरमा मात्र ८७ रनमा अलआउट हुन पुग्यो। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले कप्तानी प्रदर्शन गर्दै १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट चटकाए। यस्तै ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिएर बहराइनलाई सस्तैमा समेट्न महत्त्वपूर्ण योगदान दिए। बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन जोडे।

नेपालको जितमा अर्जुन कुमालले अविजित रहँदै ३६ रनको जिम्मेवार इनिङ्स खेले। उनले ५८ बलमा ५ चौका प्रहार गरेका थिए। त्यसैगरी कप्तान रोहित पौडेलले १४ बलमा १९ रन, देव खनालले १९ रन र ओपनर आसिफ शेखले १८ रनको योगदान दिए।

विजयी सुरुआतसँगै उत्साहजनक स्थितिमा रहेको नेपाली टोलीले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार घरेलु टोली मलेसियाको सामना गर्नेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ