एसईई नतिजा २०८२: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, नतिजा प्रकाशनमा ‘छलाङ’

राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईई  को नतिजा सार्वजनिक गरेको छ। सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा आयोजित पत्रकार सम्मेलनका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। बोर्डले यसपटक उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमै गर्ने व्यवस्था मिलाएका कारण परीक्षा सकिएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न सफल भएको हो, जसलाई सरकारको ठूलो उपलब्धिका रूपमा हेरिएको छ।

यस वर्षको परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए, जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी थिए। सहभागी परीक्षार्थीहरूमा छात्राको संख्या २ लाख ५७ हजार ६१३ र छात्रको संख्या २ लाख ५४ हजार ८०१ रहेको छ। बोर्डका अनुसार नतिजा सार्वजनिक भएको केही समयपछि मात्र आधिकारिक वेबसाइटहरूमा हेर्न सकिने व्यवस्था मिलाइएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ