विपक्षीको अवरोध र प्रधानमन्त्रीको अनुपस्थिति: नीति तथा कार्यक्रमको जवाफ वैशाख ३१ मा

काठमाडौं वैशाख ३0- प्रतिनिधिसभा नियमावली प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आर्थिक वर्ष २०८३/०८४ को सरकारी नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन आगामी २०८३ साल वैशाख ३१ गतेको दिन तोक्नुभएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ (१) बमोजिम सभामुखले यो मिति तय गर्नुभएको जानकारी बुधबारको बैठकमा दिनुभएको हो।

बुधबार बसेका प्रतिनिधिसभाका तीनवटै बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिलाई लिएर कडा अडान लिएका थिए। प्रधानमन्त्री बालेन शाह बैठकमा उपस्थित नभएपछि विपक्षी सांसदहरूले बैठक सञ्चालनमा अवरोध पुर्‍याएका थिए। प्रधानमन्त्रीले आफ्नो तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्न अनुमति दिए पनि विपक्षी दलहरूले प्रधानमन्त्री आफैँ उपस्थित भएर छलफल सुन्नुपर्ने माग राखेका थिए।

विपक्षी र सत्तापक्ष बीचको समन्वय हुन नसक्दा बुधबार नीति तथा कार्यक्रममाथि छलफल सुरु हुन सकेन। अब ३१ गते प्रधानमन्त्रीले दिने जवाफ र त्यसअघिको छलफललाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ