नेपालका बाढीपीडितलाई अमेरिकी सरकारद्वारा ३६ लाख डलरभन्दा बढीको थप सहायता घोषणा

काठमाडौं। अमेरिकी सरकारले हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित जनताका लागि थप ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार संकटको यो घडीमा प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न अमेरिकी सरकार प्रतिबद्ध रहेको छ।  

यस सहायताअन्तर्गत बाढीबाट अति प्रभावित करिब १० हजार परिवारलाई लगातार तीन महिनासम्म पुग्ने खाद्यान्न, आपत्कालीन बासस्थान, सरसफाइ सामग्री तथा अन्य अत्यावश्यक दैनिक उपभोग्य राहत उपलब्ध गराइनेछ।  

भोटेकौसी तथा अन्य नदी तटीय क्षेत्रमा आएको भीषण बाढी र कटानका कारण ठूलो जनधनको क्षति भएपछि अमेरिकी विदेश मन्त्रालयले आफ्ना उद्धार साझेदार संस्थाहरूमार्फत नेपालमा प्रत्यक्ष राहत परिचालन सुरु गरेको हो।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ