पोल्याण्डमा संवैधानिक अदालतका प्रमुखको निलम्बनविरुद्ध विरोध प्रदर्शन

पोल्याण्डको राजधानी वार्सास्थित संवैधानिक अदालतको परिसर बाहिर अदालतका प्रमुखलाई निलम्बन गरिएको विरोधमा ठूलो संख्यामा प्रदर्शनकारीहरूले रातभर प्रदर्शन गरेका छन्। अदालतका प्रमुखलाई हटाइएपछि आक्रोशित विपक्षी दलका समर्थकहरू सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै अदालतको सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।

अदालत बाहिरको प्रदर्शन हिंसात्मक बन्न थालेपछि र केही प्रदर्शनकारीहरूले प्रहरीलाई लक्षित गरी वस्तुहरू तथा घातक सामग्री प्रहार गरेपछि सुरक्षाकर्मीहरूले हस्तक्षेप गरेका थिए। भीडलाई नियन्त्रणमा लिने क्रममा सुरक्षा व्यवस्था उलङ्घन गरेको र निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले रातभरको झडपका दौरान ३ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

यस चर्को राजनीतिक विवादका बीच पोल्याण्डका राष्ट्रपतिले सेनेगलको तय भएको आफ्नो आधिकारिक विदेश भ्रमण बीचमै रद्द गर्नुभएको छ। देशको यस्तो गम्भीर परिस्थितिमा आफू पोल्याण्डमै हुनुपर्ने भन्दै उहाँले आफ्नो उडान बीचबाटै फर्काउनुभएको हो। राष्ट्रपतिले निलम्बित न्यायाधीशलाई समर्थन गर्दै सरकारको यस कदमको चर्को विरोध गर्नुभएको छ।

अर्कोतर्फ, सरकारले भने अदालतका प्रमुखको निलम्बनलाई देशमा कानुनी शासन पुनर्वहाली गर्ने एक आवश्यक र निर्णायक कदमको रूपमा बचाउ गरेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ