संयुक्त राष्ट्रसंघमा झैझगडापछि ट्रम्प प्रशासनद्वारा क्युबाली राजनयिक देश निकाला

संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका र क्युबाबीच कूटनीतिक तनाव चुलिएको छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले क्युबाली नेताहरूले जनतामाथि दमन गरेको र भ्रष्टाचार गरेको विषयमा भाषण गरिरहेको बेला यो विवाद उत्पन्न भएको थियो।

भाषण चलिरहेको समयमा क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगुवेज पारिल्ला र अन्य अधिकारीहरू मञ्चतर्फ अगाडि बढेका थिए। सोही क्रममा क्युबाली नियोगका प्रथम सचिव रिचर्ड टुर डे ला कन्सेप्सनले अमेरिकी राजदूतका प्रवक्ता जेपी फ्रिरेलाई धकेलेको र भिडियो खिच्न खोज्दा उनको फोन खोस्ने प्रयास गरेको आरोप लागेको छ।

 घटना लगत्तै ट्रम्प प्रशासनले कडा कदम चालेको छ। फक्स न्युजसँग कुरा गर्दै राजदूत माइक वाल्ट्जले अमेरिकी भूमिमा अमेरिकी प्रतिनिधिमाथि हात हाल्ने वा धम्काउने प्रयास सह्य नहुने स्पष्ट पारेका छन्। साथै, विदेशमन्त्री मार्को रुबियोले आवश्यक कागजी प्रक्रिया पूरा गर्दै ती क्युबाली राजनयिकलाई अमेरिकाबाट निष्कासन गरेको र उनी २४ घण्टाभित्र क्युबा फर्कने उडानमा हुने जानकारी दिएका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ