ललितपुर महानगरपालिका वडा नं. १५ मा “स्वच्छता हाम्रो साझा जिम्मेवारी” भन्ने सन्देश फैलाउने उद्देश्यले एक विशेष सरसफाई अभियान सम्पन्न गरिएको छ। पौष २० गते आयोजित उक्त कार्यक्रममा भेल्पा मन्दिर क्षेत्रबाट सुरु गर्दै आसपासका क्षेत्रहरूमा सरसफाई कार्य गरिएको थियो।
कार्यक्रममा स्थानिय समुदायका विभिन्न समूहहरूको सक्रिय सहभागिता देखिएको थियो — जसमा टोल सुधार समितिहरू, महिला समूहहरू, नेपाल स्काउटका प्रतिनिधिहरू, स्वास्थ्य स्वयंसेविका, र स्थानीय विद्यार्थीहरू पनि सहभागी थिए।वडाध्यक्ष सुरेश बहादुर शाहीले कार्यक्रममा बोल्दै यस्तो किसिमका सचेतनामूलक अभियानहरूले जनताको सोचमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वच्छ र हराभरा वडाको निर्माण सबैको सहकार्यबाट मात्र सम्भव हुने पनि बताउनुभयो।
कार्यक्रमले न केवल सडक र सार्वजनिक स्थानहरू सफा बनायो, तर जनमानसमा सफाइप्रतिको उत्तरदायित्वबोध पनि थप बलियो बनाएको आयोजकहरूले बताएका छन्।



