ललितपुर महानगरपालिकाको  प्रमुख प्रशासकीय अधिकृतमा श्रेष्ठ

ललितपुर । सरकारले ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको छ । जसअनुसार सहसचिव रेखा दास श्रेष्ठले मंगलबारदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकारबाही थालेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख रहेकी रेखालाई नयाँ जिम्मेवारी दिइएसँगै यसअघि ललितपुर महानगरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीको भरतपुर महानगरपालिका सरुवा भएको छ ।

सरकारले काठमाडौँ महानगर पछि ललितपुर महानगरमा पनि पछिल्लो पुस्ताका युवाका प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति गरेको हो।

Source
www.ratopati.com

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ