निःशुल्क स्वास्थ्य शिविर सम्मपन्न

२०८१।०१।०८ शनिवार

ललितपुर महानगरपालिका वडा नं. १५ को आयोजनामा तथा सिल्भरलाईन हस्पिटल,बालाजुको प्रबिधिक सहयोगमा गत शनिवार सातदोबाटो अन्तराट्रिय पौडी पोखरीमा निशुल्क स्वास्थ्य शिविर सम्मपन्न भयो। उक्त कार्यक्रममा करिव २०० भन्दा बढी वडाबासी सेवाग्राहीले निःशुल्क स्वास्थ्य जाचँ गरेका थिए आखाँको जाचँ पश्चात् क्विानिज क्लब द्घारा निःशुल्क रिडिङ्ग ग्लास समेत बितरण गरीएको थियो । उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १५ अध्यक्ष श्री सुरेश बहादुर शाही, सचिव श्री निरन श्रेष्ठ,वडा सदस्यह्रु क्रमशःबैकुण्ठ राउत, श्री शशिकला सुवेदी,निशा परियार तथा अनुप घिमिरे र स्वास्थ्यकर्मीहरु र स्वयम् सेवकहरुको ठुलोमात्रामा सहभागिता देखिन्थ्यो ।

क्विानिज क्लबको तर्फबाट अध्यक्ष तथा महिला स्वास्थ्य स्वयम् सेविका पुजा रेग्मी महन्ता, वडाका स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मीका साथै महिला स्वास्थ्य स्वयम् सेविका कर्मचारीहरु तथा अन्य स्वयम् सेवक तथा वडा अध्यक्ष ज्युका साथै स्वास्थ्यकर्मीहरुको कार्यक्रको शुरु देखि अन्त्य सम्म लागि पर्नुभएको देखिन्थ्यो भने सेवाग्राहीहरुले निःशुल्क रुपमा ई.सि.जी. अल्ट्रा साउण्ड, रगत तथा पिसाब जाचँ गराई औषधी तथा चश्मा पनि निःशुल्क लिई निकै लाभान्वित भएको खुसी व्यक्त गरेका थिए भने कार्यक्रको अन्त्यमा वडाअध्यक्ष सुरेश बहादुर शाहीले उपस्थित सबेलाई अन्यवाद व्यक्त गर्दै अस्पतालका प्रतिनिधीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ