उक्त तालिम केन्द्रमा डा. सरिता घिमिरेले निःशुल्क रुपमा स्वास्थ्य जाचँ हुन लागेको यो उपचारमा समाबेश भई स्वास्थ्य लाभ लिनुहुन आग्रह गर्नुभएको थियो भने वडाअध्यक्ष शुरेस बहादुर शाहीले यो अति नै निस्वार्थ ढङ्गको उपचारका लागि डा. सरिता घिमिरेले तथा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
ललितपुर महानगरपालिका वडा नं. १५ को कार्यालयमा आज मिति २०८१।०१।१० गते सोमबारका दिन पाठेघरको मुख तथा स्तन क्यान्सर,आङखस्ने र फिस्टुला सम्बन्धी स्वास्थ्य शिविर संचालनार्थ पुर्व तयारी तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।



