सभामुख डोलप्रसाद अर्यालसँग अमेरिकी तल्लो सदनका सभापति जेसन स्मिथ नेतृत्वको प्रतिनिधिमण्डलद्वारा शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग अमेरिकी प्रतिनिधि सभाको ‘वेज एण्ड मिन्स कमिटी’का सभापति जेसन स्मिथको नेतृत्वमा आएको अमेरिकी संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायुजन्य विपद् व्यवस्थापन र संसदीय सहकार्यबारे छलफल भएको छ।

सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट भएको विपद् व्यवस्थापनमा सरकारले प्रयास गरिरहेको जनाउँदै अमेरिकाले देखाएको ऐक्यबद्धताप्रति धन्यवाद दिए। साथै, हालै तान्जानियामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद् सम्बन्धी प्रस्ताव दुई-तिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराउँदै सहकार्य थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

 सभामुख अर्यालले दुई देशको सम्बन्धलाई अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी र आर्थिक साझेदारीतर्फ बढाउनुपर्ने धारणा राखे। नेपालमा लगानीमैत्री वातावरणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै दुवै देशका संसदीय मैत्री समूहहरूबिच निरन्तर संवाद हुनुपर्ने व्यक्त गरे।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ