ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो लोकतन्त्र मानिने ब्रजिलमा राष्ट्रपति पदका लागि तीव्र प्रतिस्पर्धासहितको मतदान भइरहेको छ। यो निर्वाचनमा वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनाचियो लुला दा सिल्भा र पूर्व दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारोका छोराबीच कडा टक्कर देखिएको छ।
यस पटकको चुनावमा वर्तमान राष्ट्रपति लुलासँग पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोराले चुनौती दिएका छन्। कूप प्रयासको अभियोगमा जेल सजाय तथा घरमै नजरबन्दमा रहेका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको राजनीतिक विरासतलाई उनका छोराले दक्षिणपन्थी धारबाट अगाडि बढाउँदै यो निर्वाचनलाई रोचक बनाएका छन्।
निर्वाचनमा भाग लिइरहेका ब्रजिलियन नागरिकहरू मुख्यतया महँगी, बढ्दो जीवनयापनको लागत, घरेलु ऋण तथा देशको सुरक्षा र अपराध नियन्त्रण जस्ता विषयलाई बढी प्राथमिकता दिएका छन्। वामपन्थी गठबन्धनले यसलाई प्रजातन्त्र बचाउने लडाइँको रूपमा हेरेका छन् भने विपक्षीहरूले आर्थिक मुद्दा र भ्रष्टाचारलाई मुख्य चुनावी मुद्दा बनाएका छन्।
लामो समयदेखि राजनीतिक रूपमा ध्रुवीकृत हुँदै आएको ब्रजिलको यस निर्वाचनले अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष गरी वाशिंगटन लगायतका मुलुकमा समेत ठूलो चासोको विषय बनेको छ। पहिलो चरणमा स्पष्ट बहुमत नआएपछि यसपटकको हाई-प्रोफाइल रन-अफ चुनावले ब्रजिलको भावी राजनीतिक दिशा तय गर्नेछ।



