हे युवा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा सम्पन्न

पौष महिनाको ०६ गते शनिबार,

हे युवा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा तिनकुने स्थित ताज बेङ्गक्वेट,काठमाण्डौमा सम्पन्न भयो । उक्त सहकारीमा कार्यक्रममा आर्थिक,सामाजिक तथा राजनैतिक क्षेत्रमा विद्यावारिधी गर्नु भएका व्वक्तित्वहरु तथा संस्थापक र सदस्यहरुको सहभागिता थियो । स्वागत मनतव्यका क्रममा संस्थापक सदस्य श्री बासुदेव खनालले स्वागत मनतव्य राख्नुभएको थियो भने,

अन्य वक्ताहरुले सहकारीको नराम्रो हल्ला बजारमा फैलिरहेको अवस्थामा पनि यस सहकारीमा सबैको बिश्वास बढेको र आगामी दिनमा युवाहरुलाई सम्वोधन गरी सुलभ कर्जा प्रवाहगर्दै अझै स्तरउन्नती गर्न सक्ने अवधारण राख्नुभएको थियो भने अन्तमा संस्थाको सञ्चालक समितिका अध्यक्ष तथा सभाअध्यक्ष श्री सलोनी प्रधान ज्यु बाट कार्यक्रमको समापन गर्नु भएको थियो । उक्त सहकारी संस्थाले गत बर्षको तुलनामा यस आर्थिक बर्षमा ११.०२ प्रतिशतले शेयर पुजी वृद्घि गरेको छ ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ