वडा कार्यालयको दोस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

Raktadan

ललितपुर, बैशाख २० – ललितपुर महानगरपालिका वडा नं. १५ को वडा कार्यालय भवनको दोस्रो वार्षिकोत्सवको अवसरमा आज एक भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान, जीवनदान। रक्तदान गरौं, पुण्य कमाऔं” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।वडा स्तरीय महिला समितिको आयोजनामा सञ्चालित कार्यक्रम बिहान ११:०० बजे सुरु भई दिउँसो २:०० बजे सम्म सञ्चालन भयो। कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेर उनीहरूको मान्यता गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथिका रूपमा ललितपुर महानगरपालिकाकी उप–प्रमुख श्रीमती मञ्जली शाक्य बज्राचार्यको विशेष उपस्थिति रहेको थियो। उहाँले रक्तदान जस्तो मानवीय कार्यमा समुदायको चासो र सहभागिताले सामाजिक एकता र सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको बताउनुभयो।त्यस्तै वडा नं. १५ का अध्यक्ष श्री सुरेश बहादुर शाहीले वडा कार्यालयको वार्षिकोत्सवलाई जनहितमा रुपान्तरण गर्दै यस्तो कार्यक्रमले समुदायमा चेतना र सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ