ललितपुर, जेठ ६, २०८२
ललितपुर महानगरपालिका–१५ को आर्थिक सहयोगमा सञ्चालित ७ दिने क्रिस्टल गहना, माला र चुरापोते बनाउने एडभान्स तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ। तालिम कल्पवृक्ष महिला समूहको आयोजनामा भेल्पा सामुदायिक भवनमा जेठ ६ गतेसम्म सञ्चालन गरिएको थियो। तालिम बैशाख २९ गतेबाट सुरु भएको थियो।
समापन समारोहमा ललितपुर महानगरपालिका–१५ का वडाध्यक्ष श्री सुरेश बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो। उहाँले महिलाहरूलाई आत्मनिर्भर बनाउने यस्ता सीपमूलक तालिमहरू आवश्यक रहेको बताउनुभयो र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन वडाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
तालिममा स्थानीय महिलाहरूको सक्रिय सहभागिता देखिएको थियो। सहभागीहरूले विभिन्न प्रकारका गहना, माला र चुरापोते बनाउने सीप सिकेका थिए। तालिमको उद्देश्य महिलाहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्नु रहेको आयोजकले जानकारी दिएको छ।कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो।


