२०८१ कात्तिक ८ गते
सहकारीको बचत अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
गत २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई यसअघि ६ दिन थुनामा राख्ने अनुमति थियो ।र बयान नसकिएको भन्दै प्रहरीले बिहीबार अदालतसँग थप समय थुनाका निम्ति अनुमति माग्यो । प्रहरीको माग बमोजिम थुनामा राख्न अनुमति दिइएपछि रास्वपाका कार्यकर्ता थप आक्रोशित देखिएका छन् ।
कांग्रेस र एमालेजस्तै माओवादीले पनि वक्तव्य जारी गरेर रवि लामिछाने पक्राउबारे धारणा सार्वजनिक गरेको छ ।रविलाई साथ दिने संकेत माओवादीले बिहीबार जारी भएको वक्तव्य मात्र नभएर शृङ्खलाबद्ध घटनाक्रमबाट सहज बुझ्न सकिन्छ ।
बिहीबार पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जारी गरेको बक्तव्यमा रविलाई पक्राउ गरेर सरकारले दोहोरो चरित्र देखाएको उल्लेख छ । ‘सहकारी ठगीमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा दोहोरो मापदण्ड लागू गर्ने र भ्रष्टाचारमा मुछिएका आफ्ना नेताहरुलाई संरक्षण गर्ने, तर विपक्षीहरुलाई खोजीखोजी दण्डित गर्ने कार्यमा सरकार खुला रुपमा लागेको छ’, विज्ञप्तिमा भनिएको छ । माओवादीले पर्सि १० कात्तिकमा राजधानी काठमाडौंमा खबरदारी सभा नै गर्ने निर्णय गरेको छ । आफैंले दुईपटक उपप्रधान एवं गहृमन्त्री बनाएका रविकै आग्रह बमोजिम गत २ कात्तिकमा विपक्षी दलहरुको संयुक्त बैठक बसेको थियो । त्यो बैठकमा रवि समेत सहभागी थिए ।
प्रचण्ड प्रधानमन्त्री र रवि गृहमन्त्री हुँदा नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले गरेको निर्णयको अनुशरण गर्न रविलाई आग्रह गरेका थिए । त्यसबेला लिङदेनको प्रष्ट माग थियो, रविमाथि छानबनि गरिनुपर्छ ।



